Central Department of Psychology

Kritipur

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका विषयमा कार्यगत समझदारी सम्झौता

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका विषयमा कार्यगत समझदारी सम्झौता

2026-07-24

नेपाल रेडक्रस सोसाइटी, त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र परामर्श मनोविज्ञान कार्यक्रम किर्तिपुरका बिच मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका विषयमा कार्यगत समझदारी गर्ने सम्झौता भएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशाल कुमार भण्डारी, महामन्त्री ऋषिरमण खनाल, त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका प्रमुख उप–प्राध्यापक सञ्जेश श्रेष्ठ, परामर्श मनोविज्ञान कार्यक्रमका संयोजक डा. सन्देश ढकाल लगायत डेनिस रेडक्रसका प्रतिनिधि र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका सदस्यहरू, निर्देशकहरू तथा कर्मचारीको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी, त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र परामर्श मनोविज्ञान कार्यक्रमका बिच भएको सम्झौतामा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग सेवाहरूमा सहकार्यलाई बलियो बनाउने, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचार प्रशिक्षणहरूमार्फत स्वयंसेवक, विद्यार्थी, शिक्षक, पेशाकर्मी र समुदायको क्षमता बढाउने, आपत्कालीन प्रतिकार्यको एक अनिवार्य हिस्साका रूपमा मनोवैज्ञानिक प्राथमिक उपचारलाई प्रवर्धन गर्ने, सहकार्य अनुसन्धान, मूल्याङ्कन, लेखाजोखा र अभिलेखीकरण गर्ने, तथ्यमा आधारित गतिविधिहरू सञ्चालन र नीति तथा कार्यविधिहरूको विकासलाई प्राथमिकतामा राख्ने, मानसिक स्वास्थ्य सचेतना समुदाय स्तरमा फैलाउने र मानसिक स्वास्थ्य सम्वन्धी विद्यमान गलत अवधारणहरू हटाउन सहयोग गर्ने, मानवीय सँस्थाहरू, साझेदार निकायहरू बौद्धिक शैक्षिक संस्थाहरू बिच शैक्षिक र व्यावहारिक सम्बन्धहरूलाई बलियो बनाउने जस्ता बुँदाहरू उल्लेख गरिएका छन् ।

आगामी दिनमा द्विपक्षीय सम्झौता बमोजिम मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका क्षेत्रमा सहकार्य गरी गतिविधिहरू सञ्चालन गरिने छ ।