Central Department of Psychology

Kritipur

भौतिक सम्परीक्षण समितिको प्रतिवेदन हस्तान्तरण 

भौतिक सम्परीक्षण समितिको प्रतिवेदन हस्तान्तरण 

2026-10-02

त्रिवि मनोविज्ञान केन्द्रीय विभागको आ.व. २०८२।०८३ सम्मको भौतिक सम्परीक्षण कार्य सम्पन्न गरी आज एक कार्यक्रमका बीच विभागीय प्रमुख सन्जेश श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिएको छ । सम्परीक्षण समितिका संयोजक डा. खेमराज भट्टले विभागीय प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । विभागीय समितिको बैठकले संयोजक भट्ट, शाखा अधिकृत नोदनाथ त्रिताल र प्राविधिक सहायक मीना थापा रहेको सम्परीक्षण समिति गठन गरेको थियो । समितिले विभागमा रहेका जिन्सी सामग्रीहरू, कक्षा कोठा, पुस्तकालय, प्रशासनीक शाखा लगायतको स्थलगत अवलोकन तथा निरीक्षण गरी प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनले अभिलेखानुसार भौतिक सम्पत्तिको अवस्था प्रयोग योग्य रहे नरहेको विवरण प्रस्तुत गरेको छ भने प्रयोग अयोग्य भनी किटान गरेका सामग्रीहरू लिलाम बिक्रि गरी जिन्सी सामग्रीहरूको विवरण अभिलेख चुस्त दुरूस्त राख्न विभागलाई सूझाव दिएको छ ।