Central Department of Psychology

Kritipur

Highlights

मानसिक स्वास्थ्य सचेतनाका लागि छलफल कार्यक्रम 

मानसिक स्वास्थ्य सचेतनाका लागि छलफल कार्यक्रम 

2026-05-27

मनोविज्ञान केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा मानसिक स्वास्थ्य सचेतनासम्बन्धी एक दिवसीय छलफल कार्यक्रम सम्पन्न भएको छ । Voices That Heal: A Panel Discussion कार्यक्रममा भएको प्यानल छलफलमा भाग लिनुहुँदैै मनोविज्ञानविद् प्रा. डा. मिता राणा, प्रा.डा. नन्दिता शर्मा, डा. केदार मरहठ्ठा, विनोद पौडेल, सुलभराज उप्रेती, लगायतले नेपालको सामाजिक परिवेशमा मानसिक स्वास्थ्यको अर्थ र परिभाषा प्रस्तुत गर्नुहुँदै समाजमा मानसिक स्वास्थ्य समस्यालाई पहिचान गरेर मन र समाजलाई स्वस्थ राख्न मानसिक स्वास्थ्य सचेतना फैलाउँदै समाजमा योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँहरुले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई लैङ्गिक विभेद नगरिकन उपचारमा परामर्श र औषधोपचारमा सहयोग गर्न सक्नुपर्ने बताउनु भयो । 


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै मनोविज्ञान केन्द्रीय विभागका प्रमुख उपप्रा सन्जेश श्रेष्ठले मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको सीप विकासको लागि विभागले सक्दो प्रयत्न गर्ने र विद्यार्थीहरुले सीप सिकेर मानसिक स्वास्थ्य सचेतनाका लागि समाजमा योगदान गर्नुपर्ने धारणा बताउनु भयो । 
त्रिवि केन्द्रीय पुस्तकालयको सभाहलमा आयोजित एक दिवसीय छलफल कार्यक्रमको सहजीकरण वन्दना जोशी र विनायक सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वचालिका पन्थी र प्रशंसा सिग्देलले गर्नुभएको थियो । कार्यक्रममा आमन्त्रित अतिथि वक्ताहरुको अनुभव र विज्ञताबारे सहभागीहरुमाझ प्रार्थना विश्वकर्माले परिचय प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई प्रथम सेमेस्टरमा अध्ययनरत पवन थापाले धन्यवाद ज्ञापन गरी कार्यक्रमको समापन गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय विभागका प्राध्यापक, कर्मचारी लगायत प्रथम र तेस्रो सेमेस्टरका करिब एक सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।