Kritipur
त्रिवि मनोविज्ञान केन्द्रीय विभागमा तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले सरकारले कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा खडा गरेको अस्थायी शिवीरमा मनोवैज्ञानिक प्रथमिक सेवा तथा परामर्श कार्यक्रम शुरुवात गरेको छ । सुनौं, बुझौं, साथ दिऔं, मनका कुरा, मनसँगै गरौं भन्ने नारा सहित सोधपुछ तथा सहायता डेस्क स्थापना गरी तीन दिनसम्म मनोपरामर्श गर्ने गौतम धितालले बताए । कार्यक्रम काठमाडौ महानगरपालिकाको सहयोग तथा मनोविज्ञान केन्द्रीय विभागको सहकार्यमा आयोजना गरिएको छ । शिवीरमा २४ परिवारका सुकुम्बासीहरुलाई बस्ने व्यवस्था सरकारले गरेको छ । सुकुम्बासी परिवारका जेष्ठ नागरिक, बालबालिका र वयस्क सदस्यहरुमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने र मनोपरामर्श दिने उद्देश्यले शिवीर रहेकै स्थलमा विद्यार्थीहरुले हेल्प डेस्क राखेर सेवा दिन लागेको जनाइएको छ ।

