Kritipur
नेपाल भकभके संघको आयोजनामा एक दिवसीय भकभकेपन बोलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मनोविज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु, शिक्षक कर्मचारीहरुको सहभागिता रहेको सो कार्यक्रममा संघको तर्फबाट नारायण शर्मा, प्रशान्त डङ्गोल, शंकरप्रसाद गौतम र सज्मा नेपालीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्नुहुँदै मनोविज्ञान विद् शिक्षक पदमराज जोशीले विद्यार्थीहरुले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्न अभिमुखीकरण कार्यक्रम उपयोगी रहेको बताउनुभयो । उहाँले समाजमा बोली अस्पष्टता भएका धेरै व्यक्तिहरु अपहेलित अवस्थामा रहेको यथार्थलाई मनन् गर्दै विद्यार्थीहरुले समाजमा त्यस्ता व्यक्तिहरुको पहिचान गरी परामर्श प्रदान गर्न सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले सक्रिय सहभागिता जनाउँदै आगामी दिनमा अध्ययन र अनुसन्धानको लागि कार्यक्रमले नयाँ विषयवस्तुदिएको अनुभव सुनाएका थिए । कार्यक्रममा मनोविज्ञानविद् विनोद पौडेल र प्रशासन शाखा प्रमुख नोदनाथ त्रिताल समेतको सहभागिता रहेको थियो ।
