Central Department of Psychology

Kritipur

Highlights

मनोविज्ञान दिवस मनाउने निर्णय 

मनोविज्ञान दिवस मनाउने निर्णय 

2026-04-10

त्रिवि मनोविज्ञान विभागको विभागीय बैठकले यस वर्षदेखि हरेक वर्षको चैत्र ३० गतेलाई मनोविज्ञान दिवसको रुपमा मनाउने निर्णय गरेको छ । विभागीय बैठकले मनोविज्ञान विषय स्नातक र स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने त्रिविका आँगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा रचनात्मक तवरले दिवसको अवसरमा कार्यक्रमहरु गर्न सूचित गर्ने समेत निर्णय गरेको छ । 

त्रिवि कार्यकारी परिषद्को वि.सं. २०४३ चैत्र १३ गतेको बैठकको निर्णयले त्रिविमा १४ वटा विभाग गठन गर्ने निर्णय गरेको थियो । जसमा मनोविज्ञान विषयलाई पनि केन्द्रीय विभागको रुपमा त्रिवि, कीर्तिपुरमा स्थापना गर्ने निर्णय भएको थियो । विभागले लामो समयदेखि मनोविज्ञान दिवस मनाउने योजना गरेको तर यस वर्ष दिवस मनाउने निर्णयले सार्थकता पाएको विभागीय प्रमुख सन्जेश श्रेष्ठले बताउनु भयो । दिवसले नेपाली समाजमा मनोविज्ञान विषयको महत्व र आवश्यकतालाई अझ प्रगाढ बनाउने र बजारको आवश्यकता अनुसार यो विषयका विद्यार्थीहरुलाई व्यवहारिक उच्च शिक्षा प्रदान गर्न थप हौसला मिल्ने विश्वास विभागले लिएको छ ।