Kritipur
मनाेविज्ञान विषयकाे विषय समितिको पूर्ण बैठक समितिका अध्यक्ष एवम् मनाेविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख उपप्रा सन्जेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले विषय समितिमा १३ सदस्य मनाेनयनका लागि डिन कार्यालयमा नाम सिफारिस गर्ने निर्णय गरेको छ । साथै बैठकले मनाेविज्ञान विषयमा एमफिल पिएचडी कार्यक्रममा भर्ना हुने न्यूनतम् शैक्षिक याेग्यता निर्धारण गर्नुका साथै मनाेविज्ञान केन्द्रीय विभाग स्थापना भएकाे महिना चैत्र भएकोले हरेक वर्ष ३० गतेलाई मनाेविज्ञान दिवस (Psychology Day) को रुपमा विभागले मनाउने र अन्य क्याम्पसहरुलाई समेत उक्त दिन मनाेविज्ञान दिवसकाे अवसर पारेर विविध रचनात्मक कार्य गरी दिवस मनाउन आव्हान गर्ने निर्णय गरेकाे छ । बैठकमा विभागमा कार्यरत स्थायी प्राध्यापकहरु, विज्ञ सदस्यहरु र सम्बन्धनप्राप्त क्याम्पसका प्रतिनिधि सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

