Kritipur
त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभाग र मनाेविज्ञान केन्द्रीय विभाग परिवारले सकृयता पुर्वक आफ्नो कार्यालय तथा शिक्षण भवन परिसरकाे सरसफाइ अभियान प्रारम्भ गरिएको छ। मनोविज्ञान केन्द्रीय विभाग र इतिहास केन्द्रीय विभाग रहेको कार्यालय भवन र पठनपाठन हुने भवन परिसरमा विद्यार्थीहरुले सरसफाई गरेका हुन् । स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा दुवै विभागका कर्मचारी र प्राध्यापकहरुको समेत सहभागितामा सरसफाई अभियान शुरु भएको हो । हालै अनुगमनकाे क्रममा त्रिविका रजिष्ट्रार प्राडा केदार रिजालले प्रथम सेमेस्टरका विद्यार्थीहरुलाई कक्षामै पुगेर आफु अध्ययनरत रहेकाे विभागकाे सुन्दरताका लागि रचनात्मक कार्य गरी याेगदान गर्न सुझाव दिनुभएको थियो ।

परिसर वरपरको खुल्ला स्थानलाई सरसफाई गरेर सुन्दर फुलबारी बनाउने उद्देश्यले विद्यार्थीहरुले सरसफाईको शुरुवात गरेका हुन् । ‘आफु पढ्ने स्थानलाई हामी आफैं सुन्दर बनाउने प्रयास गर्नेछौं ।’ प्रथम वर्षमा अध्ययन पवन थापाले बताए । इतिहास केन्द्रीय विभागका विभागीय प्रमुख रमेश श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छः ‘यो खुल्ला परिसरमा राम्रो फूलवारि उद्यान बनाउने अभिलाषाका साथ सकृय ढंगले साथ सहयोग गर्ने मनाेविज्ञान विभागका विद्यार्थीहरु तथा इतिहास विभागका कर्मचारी मित्रहरू बिशेष धन्यवादका पात्रहरू हुनुहुन्छ ।’
