Central Department of Psychology

Kritipur

Highlights

त्रिवि केन्द्रीय पुस्तकालयको विद्यार्थीहरुको स्थलगत अवलोकन भ्रमण

त्रिवि केन्द्रीय पुस्तकालयको विद्यार्थीहरुको स्थलगत अवलोकन भ्रमण

2026-04-02

मनाेविज्ञान केन्द्रीय विभागमा प्रथम र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले त्रिवि केन्द्रीय पुस्तकालयको स्थलगत अवलोकन भ्रमण गरेका छन् । काउन्सिलिग मनाेविज्ञान कार्यक्रम संयोजक उपप्रा डा सन्देश ढकाल नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीलाई केन्द्रीय पुस्तकालयका सहपुस्तकालयध्यक्ष लालबहादुर चौहान र पुस्तकालय अधिकृत अनिता भट्टराईले पुस्तकालय अवलोकन गराईदिनुभएको थियो ।

पुस्तकालयको इ–पोर्टलमा उपलब्ध विद्युतीय सामग्रीमा विद्यार्थीहरुको पहुँचको सम्बन्धमा पुस्तकालय अधिकृत अनिता भट्टराईले सो अवसरमा सहजीकरण गरिदिनुभएको थियो । साथै भ्रमणको क्रममा विद्यार्थीहरुले भौतिक रुपमा केन्द्रीय पुस्तकालयमा संग्रह गरिएका पुस्तकहरु, पुस्तकालयका विभिन्न शाखाहरु, अभिलेखहरु र विद्यार्थीहरुले पुस्तकालयभित्र बसेर अध्ययन गर्ने अध्ययनस्थल समेत अवलोकन गरेको मनाेविज्ञान केन्द्रीय विभागका शाखा अधिकृत नोदनाथ त्रितालले बताउनुभयो । कार्यक्रम अत्यन्तै उपलब्धीमुलक भएकाे सहभागी पवन थापा र गाैतम धितालले बताउनु भयाे ।