Central Department of Psychology

Kritipur

Highlights

पनौतीको मानव कल्याण समाजलाई सहयोग हस्तान्तरण  

पनौतीको मानव कल्याण समाजलाई सहयोग हस्तान्तरण  

2026-03-21

त्रिवि मनोविज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक अवलोकन भ्रमणको क्रममा पनौतीको मानव कल्याण समाजलाई स्टेशनरी सामग्री सहयोग हस्तान्तरण गरेका छन् । अवलोकन भ्रमणको तेस्रो दिन विद्यार्थीहरुले समाजको बालसेवा घरको अवलोकन गरेका हुन् । समाज अन्तरगत त्यहाँ सञ्चालित बालसेवा घरमा आश्रित ३५ जना अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले विद्यार्थीहरुले समाजलाई दश हजार बराबरको स्टेशनरी सामग्री सहयोग हस्तान्तरण गरेका हुन् । समाजकी व्यवस्थापक सुनिला श्रेष्ठलाई एक कार्यक्रमका बीच उक्त सामग्रीहरु विद्यार्थीहरु गौतम धिताल र जुलियाना शाह लगायतले हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा दोस्रो सेमेस्टरका ५३ जना विद्यार्थीहरुका साथमा विभागका प्राध्यापकहरु डा. खेमराज भट्ट, डा. सन्देश ढकाल, पदमराज जोशी र आरती झा तथा प्रशासन शाखाबाट नोदनाथ त्रितालको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै पदमराज जोशीले विद्यार्थीहरुले कलिला बालबालिकाको भविष्य उज्ज्वल पार्न शिक्षा क्षेत्रमा सहयोग गर्नु सकारात्मक भएको र मानव कल्याणको लागि समाजले गरेको प्रयत्नलाई विभागले प्रशंसा गरेको बताउनु भयो । बालसेवा घरकी व्यवस्थापक सुनिला श्रेष्ठले सहयोगको लागि सबैलाई धन्यवाद दिनुभएको थियो ।