Kritipur
त्रिवि मनोविज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा यस विभागमा स्नातकोत्तर तहमा पठन पाठन हुने विषयहरु, त्यसमा हुने प्रयोगात्मक कार्यहरु र फिल्ड कार्यहरुबारे विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । विभागीय प्रमुख उपप्रा. सञ्जेश श्रेष्ठले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुहुँदै विद्यार्थीहरुको सक्रिय उपस्थितिले मात्र पठनपाठन प्रभावकारी हुुने हुँदा विद्यार्थीहरुको सक्रियता अपेक्षा गरिएको बताउनुभयो । विभागका पूर्व विभागीय प्रमुख प्रा.डा. नन्दिता शर्माले विद्यार्थीहरुलाई नियमित उपस्थित हुन र सक्रिय सिकारुको रुपमा कक्षामा सहभागी हुन आग्रह गर्नुभयो । पुर्व विभागीय प्रमुख उपप्रा. खेमराज भट्टले मनोविज्ञान विषय व्यवहारिक र प्रयोगात्मक विषय भएकोले विद्यार्थीहरुले नै सक्रियता देखिएर सिक्न सक्नुपर्ने बताउनुभयो । उपप्राध्यापक सन्देश ढकालले मनोविज्ञान र परामर्श मनोविज्ञानबीचको विषयगत भिन्नताबारे बताउनुहुँदै उहाँले मनोविज्ञान विषयले समग्र विषयहरुलाई समेट्न धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रा. आशिष काफ्ले, लेखा प्रमुख बद्री कार्की लगायतको सहभागिता रहेको थियो । विद्यार्थीहरुले विभागसँग सम्बन्धित विभिन्न जिज्ञाषाहरु राखेका थिए भने विभागीय प्रमुख तथा प्राध्यापकहरुबाट विद्यार्थीको जिज्ञाषाको जवाफ दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख नोदनाथ त्रितालले गर्नुभएको थियो भने कार्यक्रममा प्रथम सेमेस्टरका ५७ जनाभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रथम सेमेस्टरको नियमित कक्षा सञ्चालन मंगलवारदेखि नियमित रहने बताइएको छ ।