Central Department of Psychology

Kritipur

Highlights

एमफिल तहको भर्नाका लागि प्रवेश योग्यता सम्बन्धी सूचना ।

एमफिल तहको भर्नाका लागि प्रवेश योग्यता सम्बन्धी सूचना ।

2026-04-13
CDPSY IT admin

यस विभागको विषय समितिको मिति २०८२/१२/२७ गते बसेको पूर्ण  बैठकले एमफिल–पिएचडी कार्यक्रममा भर्ना हुन चाहिने न्यूनतम् योग्यतासम्बन्धी निम्न अनुसार निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ः 
    एमफिल पिएचडी कार्यक्रममा भर्ना हुन चाहिने न्यूनतम् योग्यता  
१.      मनोविज्ञान विषयमा भर्ना गर्ने उमेद्धारको योग्यतामा मनोविज्ञान विषयमा एम.ए. वा एम.एस.सी. गरेको हुनुपर्ने । 
२.      परामर्श मनोविज्ञान (Counselling Psychology) विषयमा एम.ए. तह उत्तीर्ण गरेको हुनुुपर्ने । 
३.      एम.डी. साइक्याट्री (MD Psychiatry), मास्टर्स इन साइक्याट्रिक नर्सिङ (Master in Psychiatric Nursing) र जनस्वास्थ्य  विषयमा स्नातकोत्तर (Master in Public Health) उपाधि प्राप्त गरेको हुनुपर्ने ।
४.     स्नातकोत्तर तहमा कम्तिमा द्धित्तिय श्रेणी (Second Division) वा तीन (३) सिजिपिए (3 Points CGPS) वा सोसरह हुनुपर्ने ।
नोटः माथि उल्लेखित शैक्षिक योग्यता पुगेका उमेद्वारहरुले मानविकी  तथा सामाजिकशास्त्र संकाय डीन कार्यालयबाट मिति २०८२/१२/१८ गते प्रकाशित सूचना बमोजिम शैक्षिक वर्ष २०२५ (आ.व. २०८२–८३) का लागि हुने एकीकृत प्रवेश योग्यता परीक्षाका लागि अनलाईन फारम भर्न सक्नेछन् । साथै एमफिल–पिएचडी कार्यक्रम अन्तरगत यस विभागको लागि फारम भरेका र एकीकृत प्रवेश योग्यता परीक्षा दिएर उत्तीर्ण भई मेरिट लिस्टमा नाम समावेश भएका उमेद्वार मात्र एमफिल तहमा भर्नाका लागि योग्य रहनेछन् । 

डा. नारायणप्रसाद शर्मा
कार्यक्रम संयोजक
एमफिल–पिएचडी कार्यक्रम
 


Files

S.N Name Type Download
1 एमफिल तहको भर्नाका लागि प्रवेश योग्यता सम्बन्धी सूचना । pdf